
सुनाखरी न्युज/ काठमाडौं ।
तमिलगा वेत्री कझगम ( टीभीके) का अध्यक्ष सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । यसले दुई प्रमुख द्रविड पार्टीहरू डीएमके र एआईएडीएमकेको लगभग ६ दशक लामो शासन अन्त्य गरेको छ । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद र गोपनीयताको शपथ दिलाएका हुन् । विजयले बिहान १० बजे चेन्नईको नेहरु स्टेडियममा पदको शपथ लिए । टिभीकेका केही वरिष्ठ नेताहरू सहित ९ जनाले पनि मन्त्रीको रूपमा शपथ लिए ।
विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले विजयलाई मे १३ मा वा सोभन्दा अगाडि विधानसभामा विश्वासको मत लिन निर्देशन पनि दिएका छन् । मन्त्रीको रूपमा शपथ लिने नौ मन्त्रीहरू ‘बुसी’ एन. आनन्द, आधव अर्जुन, के. जी. अरुणराज, के. ए. सेनगोटैयन, पी. वेंकटरमणन, सी . टी. आर. निर्मलकुमार, ए. राजामोहन, टी. के. प्रभु र एस. कीर्तना हुन् ।
शपथ ग्रहण कार्यक्रममा राहुल गान्धी र अन्य धेरै प्रमुख नेताहरू उपस्थित थिए । वीसीके विधायक छन् । विजयलाई अब १२० विधायकको समर्थन छ । तमिलनाडु विधानसभामा बहुमत प्रमाणित गर्न ११८ विधायक आवश्यक छ । आईयूएमएलले विजयको पार्टीलाई आफ्नो निःशर्त समर्थन घोषणा गरेका छन् । दुवै दलका दुई–दुई जना
विजयले शनिबार साँझ तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर १२० विधायकहरूको समर्थन पत्र बुझाएका थिए । त्यसपछि राज्यपालले विजयको पार्टी टीभीकेलाई तमिलनाडुमा सरकार बनाउने अनुमति दिए । यसले चार दिनको राजनीतिक अन्योलको अन्त्य गरेको छ । एजेन्सी