
सुनाखरी न्युज/ काठमाडौं ।
पोखरामा ग्याङ फाइट भएको छ । ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पोखराको बाँझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही ठाउँ बस्ने २३ वर्षीय राजेश परियार, गोरखा घर भई पोखरा बस्ने ३० वर्षीय दीपेश भनिने दिलेराम गुरुङ, नुवाकोट घर भई पोखरा बस्ने १८ वर्षीय सुजन तामाङ, नुवाकोट घर भई पोखरा बस्ने २५ वर्षीय राजकुमार तामाङ र पोखराकै २० वर्षीया लिजा पुन छन् ।
वैशाख २२ गते राति करिब ९:३० बजेको समयमा भएको उक्त झगडाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले वैशाख २६ गते पोखराको बाझपाटन र बागलुङ बसपार्क क्षेत्रबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।