२०८३ बैशाख २७ , आइतवार

सुनको भाउ घट्यो-चाँदीको बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

Gold Silver

 

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको भाउ आइतबार तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत आइतबार सुनको भाउ तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

 

सुनको भाउ घटे पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ प्रतितोला चाँदी महँगिएको हो । अघिल्लो दिन ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३ सय रुपैयाँ पुगेको छ । गत आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।