२०८३ बैशाख २७ , आइतवार

मलाई होइन, बालेनको श्रीमतीलाई ‘आमा’ भन : सुशीला कार्की

Pm-sushila-karki

 

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई “आमा” सम्बोधन नगर्न आग्रह गरेकी छन् ।एक सञ्चारकर्मीले ‘आमा दर्शन’ भनेर सम्बोधन गरिएको विषयमा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो भनेकी हुन् । शनिबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा कार्कीले भनिन्, ‘कोले हो आमा भनेको रु तिमीहरूको आमा नै फेरिइसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’ कार्कीले यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रधानन्यायाधीश सिफारिसबाट आक्रोशित बनेकी कार्कीले आफूलाई होइन, प्रधानमन्त्री बालेन शाहकी श्रीमतीलाई ‘आमा’ भन्न आग्रह गर्दै कटाक्ष गरेकी छन् । सार्वजनिक भिडियोमा युट्युबरले कार्कीलाई घेरेर सम्मान प्रकट गरिरहेको देखिन्छ । सोही क्रममा युट्युबरले उनलाई ‘आमा’ भनेर सम्बोधन गर्छन् ।

कार्कीले प्रधानन्यायाधीश सिफारिसमा चौथो वरीयतामा रहेका डा.  मनोज शर्मालाई नियुक्ति गलत भएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी थिइन् । संवैधानिक परिषद्ले वरिष्ठताको परम्परा तोड्दै चौथो वरीयताका न्यायाधीश शर्मालाई सिफारिस गरेपछि कार्कीले न्यायालयको स्वतन्त्रता र विश्वसनीयतामाथि गम्भीर असर पर्ने चेतावनी पनि दिएकी थिइन् ।