२०८३ बैशाख २६ , शनिवार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको महासंघ हाँक्ने सारथीमा को को?

anjan-shrestha

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघमा अन्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको छ । लक्ष्मी समूहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ महासंघको २१ औं अध्यक्ष हुन् । श्रेष्ठले महासंघमा आगामी २ बर्षसम्म नेतृत्व गर्ने छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् । पाण्डेले अर्का उपाध्यक्षका प्रत्यासी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

महासंघको जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी महासंघको वस्तुगत उपाध्यक्षमा शिव घिमिरेलाई हराउँदै नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचनको अन्तिम नतिजा अनुसार सचिन ढकाल, हेमन्त गोल्छा, अभिषेक प्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार वेगानी, नरेश अग्रवाल, सुशील थापा, राजेश कुमार अग्रवाल, सुकस प्याकुरेल, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, कृष्ण लाल महर्जन, प्रियराज रेग्मी, इश्वर बहादुर जिसी, सुरज उप्रेती र बटु लामिछाने विजयी भएका छन् ।

यसैगरी वस्तुगत समूहतर्फ १३ जना विजयी भएका छन् । विजयी हुनेहरुमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, घर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे छन् । बस्चतुगतबाट २६ जना उमेदबार थिए । वस्तुगत समूहका २ महिला सदस्यहरुमध्ये सुनिता न्हेम्हाफुकी विजयी भएकी छन् ।