२०८३ बैशाख २५ , शुक्रवार

सुकुम्बासीहरु थाल र चम्चा लिएर सरकारविरुद्ध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

9c8bec57-4511-4a23-a289-f577561ebbb0-1024×682

सुनाखरी न्युज/ काठमाडौं ।

संयुक्त सुकुमबासी मोर्चा नेपालले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। बिना विकल्प र उचित व्यवस्थापन देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर विचल्ली बनाएको भन्दै उनीहरूले हातमा थाल र चम्चा पनि लिएर विरोध जनाएका हुन् ।

सरकारले सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीका घरमा क्रूरतापूर्वक डोजर चलाएर जबरजस्ती उठीबास गराएको मोर्चाले आरोप लगाएको छ ।

केही दिन अगाडिदेखि वालेन शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचनाहरुमा डोजन चलाएर हटाइरहेको छ ।

सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा अवैध संरचनाहरुमा डोजर चलाएर हटाइरहेको छ । प्रदर्शनका क्रममा सहभागीहरूले थाल ठटाएर विरोध जनाएका छन्।