२०८३ बैशाख २४ , बिहिवार

नेपाली कांग्रेसले सातै प्रदेशमा भेला गर्ने, कुन प्रदेशमा कहिले ?

nepali-congress-party-office

सुनाखरी नयुज/ काठमाडौं ।
नेपाली कांग्रेसले सात वटै प्रदेशमा भेला गर्ने भएको छ।

प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला हुन लागेको हो।

सुदूरपश्चिम प्रदेशको धनगढीमा  वैशाख २६ र २७ गते भेला हुने कांग्रेसले जनाएको छ।

कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते भेला हुनेछ। भेला लेकवेसी सुर्खेतमा हुने भएको हो।

गण्डकी प्रदेशको पोखरामा वैशाख ३१ र जेठ १ गते भेला हुनेछ।

बागमती प्रदेशमा जेठ ४ र ५ गते भेला हुनेछ। भेला धुलिखेलमा गर्ने तय भएको छ।

मधेस प्रदेशमा जेठ ६ र ७ गते भेला हुनेछ भने भेला महोत्तरीको बर्दिवासमा हुनेछ।

कोशी प्रदेशमा जेठ ८ र ९ गते भेला हुनेछ। भेला सुनसरीको लौकीमा हुने तय भएको छ।

लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते भेला हुनेछ। उक्त भेला तिलोत्तमामा हुनेछ।

उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकका अवसरमा बुधबार भेला तय भएको थियो।