२०८३ बैशाख २४ , बिहिवार

अमेरिकी डलर र युरो बढ्यो, पाउन्डको मूल्य घट्यो

dollar-4896650_640

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५३ पैसा तोकिएको छ।

कुवेती दिनार १ को खरिदर ४९३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ २० पैसा रहेको छ। बहराइन दिनार १ को खरिदर ४०० रुपैयाँ र बिक्रीदर ४०१ रुपैयाँ ५९ पैसा छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।