२०८३ बैशाख २३ , बुधवार

अञ्जन श्रेष्ठ बने उधोग बाणिज्य महासंघको अध्यक्ष

IMG-20230322-WA0001-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघ  ( एफएनसीसीआई)  अध्यक्षमा जिम्मेवारीमा अञ्जन श्रेष्ठ आएका छन्। महासंघको विधानको व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेका उनी स्वतस् अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ आजदेखि औ‍पचारिकरूपमै अध्यक्ष बनेका हुन्।

यद्यपि उनले कार्यभार भने बिहीबार सम्हाल्ने भएका छन्।वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने क्रमका रूपमा श्रेष्ठ चौथो व्यक्ति हुन्। यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल सोही व्यवस्थाअनुसार अध्यक्ष बनेका थिए। बुधबारदेखि औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन्।

उनले अटोमोबाइल, सेवा, पर्यटन तथा उत्पादनमूलक क्षेत्रलगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्। वि।सं। २०५९ मा महासंघको कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका श्रेष्ठले महासंघभित्र विभिन्न समितिमा काम गर्ने अनुभव बटुलेका छन्। महासंघमा उनको संलग्नता करिब २४ वर्षअघिदेखि सुरु भएको हो।

श्रेष्ठ २०५९ सालमा महासंघमा कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेपछि विभिन्न जिम्मेवारीमा सक्रिय थिए। उनले राजस्व समिति उपसभापति, उद्योग समिति सभापति र रोजगारदाता परिषद सदस्यको भूमिका निर्वाह गरे। महासंघको ५७औं साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।