
राम कृष्ण पोखरेल –
नेपालको प्रकृतिक ग्यास, युरेनियम र खनिज तत्वको गाथाहरु सन् १९६० देखिनै सुनिने गरेको हो । नेपालमा खनिज तत्वको संभावना बारेको सर्भेक्षण सन् १९६१ मा नेपाल सरकारले खनिज तथा भुगर्भ विभागको गठन संगै सुरु भएको देखिन्छ ।
सन् १९९० को दशकमा आएर युरेनियम लक्षित अध्यन नेपालले शुरु गरे पछि नेपालका मुस्ताङ, बुटवलको तिनाउ खोला क्षेत्र र म्याग्दी जिल्लामा युरेनियमको खानि रहेको प्ररंभिक अनुमा गरिएको हो ।
नेपालमा दुर्लभ पृथ्वी तत्व ( REEs) को संभावनाको अध्यन सन् २०१० तिर मात्र शुरु भएको बुझिन्छ । यो अध्यन बिशुद्ध शैक्षिक एवं वैज्ञानिक अर्थमा गर्दै जादा नेपालको हिमाली श्रृङखला जुन पाँच करोड बर्ष पुरानो भएको कारणबाट दुर्लभ पृथ्वी तत्वहरुको खानि हुन सक्ने संभावना सन् २००० देखि सन् २०१० का बिच अमेरिकी जियोलोजिकल सर्वे डिपार्टमेन्ट, एशियाली विकास बैंक र नेपाल सरकारको संयुक्त अध्यनबाट पत्तो लागेको हो । पुर्वी नेपालका पहाडी क्षेत्र र पुर्व तिरका नदिहरु र चुरेभावर ( सिवालिक) क्षेत्र, मुस्ताङ र म्याग्दीका केही भागहरुमा रहेको अनुमा गरिएको छ ।
सन १९९० देखि २००० सम्मको नेपाल सरकारको खनिज तथा भुगर्भ विभागको प्रारम्भिक अध्यनबाट नेपालको पश्चिमी जिल्ला दैलेखका क्षेत्रहरुमा प्राकृतिक ग्यासको भंडारण रहेको अनुमान गरिएको थियोे । यसै प्रारम्भिक अध्यनलाई पछ्याउँदै सन् २०२१ देखि सन २०२३ सम्म दैलेखका संभावित क्षेत्रहरुमा प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको खोज गर्न drilling गर्ने काममा चीन सरकार र नेपाल सरकारको संयुुक्त टोलीले गरे पछि दैलेखमा प्राकृतिक ग्यास र खनिज तेलको भंडारण रहेको प्रारम्भिक प्रतिवेदन सन् २०२६ मा नेपाल सरकारलाई बुझाएको छ । दैलेखको क्षेत्रमा झन्डै ८०.७ अरब घन मिटर ग्यास भंडारण रहेको अनुमान गरिएको छ भने खनिज तेलको संभावना वारे drilling कार्य गर्न बाकी नै छ ।
नेपालमा युरेनियमको भंडारण बारे पनि संभाव्यता अध्यन गर्रदै गर्दा नेपालको भुराजनिक क्षेत्रका देशहरूमा तरंग उत्तपन्न भएको बुझिन्छ । यसको मुलकारण हो युरेनियमबाट आणविक हतियार बनाउनका लागि विश्व शक्ति अमेरिका, चीन, भारतले नेपालको युरेनियमको खानि अनअधिकृत रुपमा विश्व शक्तिले आज न भए भोलि हत्याउन सक्नेछ भन्ने आम नेपालीमा भ्रम रहेको छ । युरेनियमको खानिमा के कति परिमाणमा उत्खनन गर्न सकिन्छ भन्ने नेपाल सरकारलाईनै थाहा छैन । युरेनियमको खानि खन्ने, युरेनियम तत्व भएको ढुङ्गा ( चट्टान ) लाई बडे बडे मसिनमा पिदेर (grinding) मसिनो पाउडर बनाउने र पाउडरलाइ अत्याधुनिक मेसिनले समृद्ध ईन्धन वनाउने अनि समृद्ध ईन्धनबाट विद्युत् उत्पादन गर्न सकिन्छ । तर कुल युरेनियमको संग्रहित ढुङ्गा ( चट्टान ) बाट जम्मा जम्मी ०.७ प्रतिशत आणविक हतियार वानाउने सक्ने तत्व संग्रहित गर्न सकिने हुन्छ । खनिज युरेनियमलाई विभिन्न चरणमा अत्याधुनिक मसिनहरुले प्रसोधन गर्दा युरेनियमका दुई प्रकारका Isotopes मा बिभक्त हुन्छ । एउटा U 238 र अर्को U 235 मा युरेनियम विभक्त हुन्छ । U 238 चाहि विद्युतिय उर्जा उत्पादनमा प्रयोग हुन्छ भने U 235 जुन ०.७ प्रतिशत मात्र प्राप्त हुने हुन्छ यसबाट आणविक हतियार बनाउन प्रयोग गर्ने हुन्छ । अमेरिका र मध्य पुर्वको देश ईरान संगको युद्ध यही ०.७ प्रतिशत मात्र युरेनियमको चट्टान बाट पुनः प्राप्ति हुने U 235 करीब ४०० किलो ग्राम परिमाणलाई नस्ट गर्ने गराउने चक्करमा अमेरिका र मध्य एशियाली देश ईरान सन् २०२६ फेब्रुअरी देखि युद्धको भुमरीमा फसेका छन् ।
नेपालमा अनुमान गरिएको युरेनियमको खानीबाट आर्थिकरुपमा केही पनि उपलब्धि गर्न सकिने देखिदैन । यश अर्थमा खादा न लाउदाका कुरामा नेपाल र नेपालीहरु अल्झिनुनै बेस हुनहुन्न भन्ने यो पंक्तिकारलाई समेत लागेको छ । नेपालमा प्ररंभिक अनुमान गरे अनुसार युरेनियमको खानीबाट उल्लेखनीय परिमाण न U 238 न U 235 Isotops संवर्धान गर्न ठुलो लगानी गर्नुपर्ने हुन्छ । यश अर्थमा सरकार र सरकारी निकायहरु अन्य उपयुक्त खनिज तत्वहरुको खोजीमा लागि आवश्यकता अनुसारको उत्खननमा लाग्ने समय आएको छ ।
नेपालको हिमाली हिम श्रृङखलाहरु झन्डै पाँच देखि छ करोड बर्ष पुराना हुन । तर उत्तर अमेरिकी देश ग्रीनल्यान्डका चट्टानहरु झन्डै पचास करोड बर्ष पुराना हुन । भुगर्भिक अध्यन अनुसार पुराना पुराना हिम श्रृङखला क्षेत्रहरुमा प्राकृतिक ग्यास, खनिज तेल, युरेनियम र दुर्लभ पृथ्वी तत्वहरुको भंडारण रहन सक्ने अनुमान बैश्विक स्तरमा गर्ने गरिन्छ । नेपालको पाँच करोड बर्ष भन्दा बढि पुरानो हिमश्रृखला क्षेत्रमा पनि प्राकृतिक ग्यास, खनिज तेल, युरेनियम र दुर्लभ पृथ्वी तत्वहरुको खानि हुन सक्ने अनुमानका आधारमा नेपाल सरकारको खानी तथा भुगर्भ विभागले वैदेशिक सरकार र संस्थाहरु संग सहकार्य गरि खनिज तत्वहरु भंडारण रहेको प्रारम्भिक अनुमान लगाएको छ । युरेनियमको उचित परिमाणमा भंडारण न रहन देखिएबाट नेपालले दुर्लभ पृथ्वी तत्व र दैलेखको प्राकृतिक ग्यासको भंडारणबाट पाँच देखि दस बर्षमा नेपाललाई समृद्ध बनाउन सक्ने संभावना रहेको छ ।
दुर्लभ पृथ्वी तत्वहरु ( REEs) को संभावना रहेको पुर्वी नेपालका श्रृङखला, नदि, चुरेभावरको सिवालीक क्षेत्र, मुस्ताङ र मनाङमा भंडारणको गहन सर्वेक्षण गर्न सके कम्तीमा २० हजार मेट्रिक देखि एक लाख टन सम्म प्रशोधन गरि पृथ्वी तत्वहरु निर्यात गर्न सक्नेछ । यो प्रशोधित पृथ्वी तत्वबाट बर्षेनी एक अरब डलर सम्म बिदेशी मुद्रा आर्जन गर्न सक्नेछ । कुल १७ थरीका दुर्लभ पृथ्वी तत्वहरु मध्ये झन्डै चार थरिका तत्वहरु नेपालमा रहेको अनुमान गरिएको छ । जस्मा Neodymium ( Nd), Dysprosium (Dy), Lanthanum ( La) र Promethium मुख्य छन् । यी कुनै पनि दुर्लभ तत्वहरु बिकरणयुक्त छैनन् । अर्थात् जन स्वास्थ्यका लागि कुनै पनि हानि गर्ने छैन । पृथ्वी तत्वको उत्खनन र प्रशोधन पश्चात् कुन कुन तत्वहरु रहेका छन र त्यसको परिमाण ठेगान लाग्न सक्नेछ ।
विश्व वजारमा यी Nd को एक किलोग्रामको १२० देखि १५० अमेरिकी डलर पर्दछ । यसरी नै Promethium को प्रति एक किलो लाई १२० देखि १४० डलर पर्छ भने Dy को ४०० देखि ५०० डलर प्रति केजी पर्ने हुन्छ । नेपालमा भंडारणमा रहेको अनुमान गरिएको Terbium ( Tb) को बजार मुल्य १,५०० देखि २,००० प्रति किलो ग्राम अमेरिकी डलर पर्छ । उपलब्ध दुर्लभ तत्वहरुको उत्खनन, प्रशोधन र बजारीकरणका लागि उच्च प्रविधिको आवश्यकता पर्ने हुन्छ । यसका लागि दुई पक्षिय र बहुपक्षीय सहकार्य भारत,चीन र अमेरिकी देशहरु संग जरुरी हुन्छ ।
दैलेखको क्षेत्रमा प्राकृतिक ग्यासको सन् २०२३ देखि २०२५ मा गरिएको पहिलो चरणको drlling पश्चात् करीब ८०.७ अरब धन मिटर ग्यास भंडारण रहेको अनुमान छ । नेपाल सरकार र चीन सरकारको सहकार्यमा गरेको अध्यनको प्रथम पटक जारी गरेको सुचनामा ११२ अरब घन मिटरको अनुमान थियोे तर पछिल्लो सुचनामा केही मात्रामा घट्न गएको देखिन्छ । यो ग्यासलाई घरेलुु ईन्धन , गाडीमा र युरीया मल उत्पादनमा प्रयोग गर्न सकिनेछ । उपलब्ध ८०.७ अरब घनमिटर मध्ये आधा अर्थात् ४० अरब घनमिटर ग्यास बिद्युत उत्पादनमा प्रयोग गर्न मिल्ने हुन्छ ।
अब कुरा आउँछ बर्सेनि कति ग्यास ग्यासको कुवाबाट निकाल्ने । समान्यतया २५ बर्षे योजना सहित नेपाल प्राकृतिक ग्यासको उत्खनन सिमा तोक्न बेस हुने देखिन्छ । यो तरिका बाट उत्खनन र उत्पादन गर्ने सके दिगो पनि हुन्छ र आउने संततिलाई समेत समृद्ध बनाउनेछ । बर्सेनि एक देखि दुई अरब धन मिटर प्रकृतिक ग्यासलाई घरेलुु खाना पकाउनेमा प्रयोग गर्ने हो भने नेपालका बर्तमानको ६६ लाख घरधुरीको आवश्यकता पूरा गर्न सक्नेछ । नेपालले तीन देखि चार अरब घन मिटर ग्यास ‘ग्यास टर्वाईन’मा प्रयोग गरि बिद्युत उत्पादनबाट करीब १० टेरावाट घंटा (TWh) बर्सेनि एक अरब अमेरिकी डलर कमाउन सक्नेछ । यसको मोल नेपाली रुपैयामा एक खरब पचास अरब हुनेछ ।
दैलेखको कुल उपलब्ध ग्यासको ७ करोड घनमिटर रसायनिक मल उत्पादनमा प्रयोग गर्न सके दस लाख मेट्रीक टन युरीया मल बर्सेनि उत्पादन गर्न सक्नेछ । छ लाख मेट्रिक टनको आन्तरिक मांग पूरा गरि झन्डै चार लाख टन मल विदेश निर्यात गरि नेपालले चार अरब साठी करोड नेपाली रुपैयाँ कमाउन सक्नेछ । दैलेखको प्रकृतिक ग्यासको भंडारणबाट बर्सेनि तीन अरब घन मिटरलाई ग्यास टर्वाईनमा लगी १० टेरावाट घंटा ( TWh) बर्सेनि बिद्युत उत्पादन गर्न सक्नेछ । यश बिद्युत छिमेकी देशहरुलाई बिक्री गरि करीब एक अरब डलर बर्सेनि नेपालले विदेशी मुद्रा कमाउन सक्नेछ । यो परियोजना तीन देखि चार बर्षमा निर्माण गर्न सकिन्छ । यहीँ क्षमताको जलविद्युत परियजना निरमाण गर्दा १० देखि १२ बर्ष लाग्न सक्नेछ । नेपालले आौद्योगिक क्षेत्रको द्रुततर बिकाशमा टेवा पुर्याउन दैलेखको प्राकृतिक ग्यास र दिर्घकालिन बिद्युत आपूर्तिमा जलविद्युत परियोजना पनि अगाडि बढाउनु पर्छ । ग्यास टर्वाईनको जडान गर्न करीब तीन अरब अमेरिकी डलर लगानी गर्नुपर्नेछ । दैलेखको ग्यास बाट मल कारखाना राख्न एक अरब पचास करोड अमेरिकी डलर लगानी गर्नु पर्ने हुन्छ । दैलेखको प्राकृतिक ग्यासले ६६ लाख घरधुरीको खाना पकाउन र सानातिना उद्यमहरु चलाउन करीब सात करोड धनमिटरले पुग्ने हुन्छ भने बांकी तीन देखि चार अरब घनमिटर ग्यास बिद्युत उत्पादन गर्ने र दस लाख मेट्रीक टन मल उत्पादन गरि ४० अरब नेपाली रुपैयाँको मल आयातबाट विदेशी मुद्रा बचत गर्न सक्नेछ । साथै बर्सेनि चार अरब साठी करोड मल बिदेश निर्यात गरि मुलुकको खजनामा वृद्धि गर्न सक्नेछ ।
ग्यास टर्वाईनबाट उत्पादित १० टेरावाट घंटा ( TWh) वैश्विक बजारमा करीब ५० करोड अमेरिकी डलर पर्छ यो नेपाली रुपैयाँमा ७२ अरब ५० करोड बर्सेनि बराबर हुनेछ । दैलेखको ग्यास ६६ लाख घरधुरीमा पुर्याउन सकियो भने बर्सेनि ६६ अरब नेपाली रुपैयाँ बराबरको ग्यास सिलिन्डरको खरिदबाट मुलुकलाई जोगाउन सकिन्छ ।
नेपालले प्राकृतिक ग्यासबाट दस लाख मेट्रीक टन मल उत्पादन गर्ने, १० टेरावाट घंटा ( TWh) ग्यास टर्वाईनबाट बिद्युत उत्पादन गर्ने अनि नेपालको ६६ लाख घरधुरीमा ग्यासको पाईपलाईन जडान गरि ग्यास सिलिन्डरको आयात प्रतिस्थापन गर्न सके बर्सेनि खरबौ रुपैयाँको बिदेशी मुद्रा आर्जन गर्न सक्नेछ ।
नेपालमा भंडारणमा रहेको दुर्लभ पृथ्वी तत्व ( Rare Earth Elements ) को उत्खनन गरि अर्ध प्रशोधित REEs बिश्व बजारमा निर्यात गर्न सकेमा बर्सेनि एक अरब अमेरिकी डलर नेपाल भित्र्याउन सकिने उत्तिकै संभावना रहेको छ ।
जलविद्युत र ग्यासबाट उत्पादित बिद्युतले भारतीय बजारमा निर्यात गर्ने, नेपालको द्रुततर ओद्योगिक बिकास र बिस्तार र बिश्वब्यापी रुपमा कृत्ररिम बौद्धिकता (AI) को बिद्युतिय मांगका लागि नेपाल ईआईको Hub बनाउने तर्फ बर्तमान सरकारको पहल हुन जरुरी छ ।
दैलेखको ग्यास उत्खनन, प्रशोधन, बितरण र बजारीकरणका लागि वैदेशिक प्रविधि र लगानीको जरुरी हुन्छ । यसका लागि नेपालको अवस्थित भुराजनितीक ( Geopolitical) परिवेश र वातावरण अहिले अनुकूल रहेको बुझिन्छ । लगानी र प्रविधिका लागि दुई पक्षिय र बहुपक्षीय बार्ता र कुटनैतिक पहलको खांचो छ । नेपालका ओद्योगिक संघ संस्था र यसका समूह, सार्वजनिकनिजी साझेदारीमा सरकार र निजी क्षेत्र, मित्र राष्ट्रका सरकारहरु संगको पहल गर्न जरुरी छ । नेपालका कुटनैतिक क्षेत्रहरुको सकृयता पनि उत्तिकै खांचो छ ।
नेपाल उदारवादी लोकतान्त्रिक देश भएको कारणबाट नेपालका मित्र राष्ट्रहरु नेपालमा स्थिरता र आर्थिकसामाजिक प्रगति र उन्नतिका लागि चासो राख्ने भएको कारणबाट नेपालले अपनाउने उदार आर्थिक नितिलाई नजिकबाट हेरी रहेका छन् । नेपालका जेन जी पुस्ताले समृद्ध र समुन्नत नेपाल बनाउने तर्फ लाग्न सरकार संग निरंतर मांग गरि रहकाछन । देश भित्रै रोजगारी सृजना गर्न गराउन र समउन्तउन्नत र समृद्ध नेपाल बनाउन जोडबल लगाउने समय आएको छ । समृद्ध र समउन्नत नेपालका सुखि नेपालीले मात्र नेपालको लोकतान्त्रलाई स्थायित्व दिन सक्छ भन्ने जन विश्वास समेत रहेको छ ।