
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा सरकारले हिजो स्वीकृतिका लागि पुनस् सिफारिस गरेको थियो ।
सरकारले सोमबार दोस्रो पटक यो अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई पठाएको थियो । अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको छ ।
संवैधानिक परिषद्का ३ सदस्यबाट नै निर्णय हुन सक्ने अवस्था सिर्जना गर्ने भन्दै यसको आलोचना भइरहेको छ । सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित अध्यादेश स्वीकृतका लागि पठाएको थियो ।