
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार आठ सयले घटेर २ लाख ९१ हजार रुपियाँमा कारोबार भइरहेको छ। सोमबार सुन तोलामा दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १५० रुपैयाँले घटेर तोलामा चार हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो सोमबार चाँदी तोलामा पाँच हजार ३० रुपैयाँमा कारोबार भएको थियो।