
सुनाखरी न्युज/ काठमाडौं ।
सशस्त्र प्रहरी बल नवनियुक्त महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको नेतृत्व सम्हालेका छन् । गृह मन्त्रालयमा गृह सचिव राजकुमार श्रेष्ठबाट सोमबार बिहान दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
योसँगै पौडेलको कार्यकाल आधिकारिक रूपमा सुरु भएको छ । उनी सशस्त्र प्रहरीका १३औँ आईजीपी हुन् ।
यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट एआईजी पौडेललाई आईजीपीमा बढुवा गरिएको थियो । यसअघिका आईजीपी राजु अर्यालले चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ मा अवकाश लिएका थिए ।