२०८३ बैशाख २१ , सोमवार

संवैधानिक परिषद्सम्बन्धी राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश जारी गर्न फेरि सिफारिस

bale-ramchandra-1024×500

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनस् जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको  बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुन: सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

 

यसअघि पनि योसहित विभिन्न ८ वटा अध्यादेश सिफारिस भएका थिए । तीमध्ये ७ वटा राष्ट्रपतिले जारी गरेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए । उक्त अध्यादेश जस्ताको तस्तै सिफारिस भएको प्रवक्ता पोखरेलले जानकारी दिए।