२०८३ बैशाख २१ , सोमवार

पश्चिम बंगालमा भाजपाको प्रारम्भिक अग्रता

MOdi

सुनाखरी न्युज/ काठमाडौं ।
भारतको पश्चिम बंगाल विधानसभामा भारतीय जनता पार्टीले प्रारम्भिक अग्रता लिएको छ।

बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको प्रारम्भिक चरणमा भारतीय जनता पार्टी (भाजपा)ले १५५ सिटमा अग्रता लिइरहेको छ।

सत्तारूढ अल इन्डिया त्रिणमूल कांग्रेस ९टिएमसी०सहितको गठबन्धनका उम्मेदवारहरू ५८ सिटमा अगाडि रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

वामपन्थी गठबन्धन २ सिटमा अगाडि छन्।

पश्चिम बंगालमा दुई चरणमा मतदान भएको थियो। यहाँ १५ वर्षदेखि ममता बनर्जीको टिएमसी सत्तामा छ।

लामो समयको कम्युनिस्ट वर्चश्व अन्त्य गर्दै सन् २०११ मा अल टिएमसी सत्तामा आएको थियो।

२०१६ को चुनावमा प्रतिस्पर्धामै नदेखिएको भाजपाले २०२१ मा सामान्य टक्कर दिएको थियो।

यसपालिको विधानसभा चुनावमा टिएमसी र भाजपाबीच कडा टक्कर हुने एक्जिट पोलहरूको विश्लेषण थियो।

प्रारम्भिक नतिजाअनुसार भाजपा अन्ततः पश्चिम बंगालमा पनि प्रवेश गरेको भनेर हिन्दुस्तान टाइम्सले विश्लेषण गरेको छ।

पश्चिम बंगालको २९४ सिट रहेको विधानसभा मध्ये २९३ सिटको मतपरिणाम आज सार्वजनिक हुने छ। बहुमतका लागि १४८ सिट आवश्यक पर्छ।