
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
“Life is Precious! Let’s uplift it together” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ ।
स्वास्थ्य शिविर बैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ । यस्तै, रक्तदान कार्यक्रम बैशाख २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ । साथै देश भरका सातै वोता प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ ।
कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पु¥याउने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ ।