२०८३ बैशाख १८ , शुक्रवार

बढ्यो खाना पकाउने ग्यासको मूल्य, पेट्रोल, मट्टितेल र डिजेलको घट्यो

aditya gas

सुनाखरी न्युज/ काठमाडौं ।

खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

 

यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको छ ।