२०८३ बैशाख १७ , बिहिवार

युक्रेन र इरान युद्धबारे ट्रम्प-पुटिनबीच छलफल

trump-putin

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरान युद्धबारे छलफल भएको छ  ।

रूसी राष्ट्रपति पुटिनले इरान युद्ध समाप्त गर्ने प्रयासमा मद्दत गर्न चाहेको उनको भनाइ छ ।

 

‘हामीले युक्रेन युद्धबारे बढी कुराकानी गर्‍यौं, उहाँ मद्दत गर्न चाहनुहुन्छ’, पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘तर, मैलै मलाई सहयोग गर्नुअघि म तपाईंको युद्ध अन्त्य गर्न चाहन्छु भनें ।’

एक अन्य सवालको जवाफमा अमेरिकी राष्ट्रपतिले पुटिनले इरानमा ‘युरेनियम एनरिचमेन्ट’ प्रक्रियामा सहभागी हुन चाहेको पनि बताए ।

 

‘युरेनियम एनरिचमेन्ट’ प्रक्रिया भनेको प्राकृतिक युरेनियमभित्र रहेको उपयोगी अंशको प्रतिशत बढाउने प्रक्रिया हो ।