
सुनाखरी न्युज/ काठमाडौं ।
भारतको ओडिशास्थित केओन्झार जिल्लाबाट एउटा यस्तो घटना सार्वजनिक भएको छ एउटा जीवित र मार्मिक उदाहरण ओडिसाको केओन्झार जिल्लामा देखिएको छ । यहाँका ५० वर्षीय जितु मुन्डाले आफ्नी मृत दिदीको बैंक खातामा रहेको रकम झिक्नका लागि जुन बाटो रोजे, त्यसले अहिले सारा देशलाई स्तब्ध बनाएको छ । जितु मुन्डा पाटना ब्लकै दियानाली गाउँका बासिन्दा हुन्। उनी आफ्नी दिदीको बैंक खातामा रहेको १९,३०० रुपैयाँ निकाल्न चाहन्थे। उनकी ५६ वर्षीया दिदी कलरा मुन्डाको विवाह छिमेकी जाजपुर जिल्लाका सुकरु मुन्डासँग भएको थियो।
कलरा र सुकरुको एउटा छोरा थियो। तर श्रीमान् र छोरा दुवैको मृत्यु भएपछि उनी माइती ९दियानाली० फर्केकी थिइन् र ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेकी थिइन्। उनले दिदीको शव गाडिएको ठाउँमा गएर चिहान खने र त्यहाँ बाँकी रहेका हड्डी तथा अवशेषहरूलाई एउटा बोरामा संकलन गरे । ती अवशेषहरू बोकेर उनी करिब ३ किलोमिटरको पैदल यात्रा तय गर्दै बैंक पुगे। जब उनले बैंकको काउन्टरमा दिदीको कंकाल प्रदर्शन गरे, त्यहाँ उपस्थित ग्राहक र कर्मचारीहरूमा खैलाबैला मच्चियो । कसैले डरले आँखा चिम्ले त कसैले यो दृश्यलाई क्यामरामा कैद गरे ।
यता बैंक प्रशासनले भने आफूहरूले कुनै दुर्व्यवहार नगरेको र केवल कानुनी प्रक्रियाको कुरा मात्र गरेको दाबी गरेको छ । ओडिशा ग्रामीण बैंकका म्यानेजर सुशान्त कुमार सेठीले भने, जब जितु पैसा निकाल्न आए, मैले सम्बन्धित व्यक्ति यहाँ उपस्थित हुनुपर्छ भनेँ। सुरुमा उनले दिदीलाई पक्षघात भएको र आउन नसक्ने बताए। जब मैले बैंक कर्मचारी तपाईंको घरमै जान्छन् भनेँ, तब मात्र उनले दिदीको मृत्यु भइसकेको बताए।ु
म्यानेजरका अनुसार दिदी बितेको दुई महिनामा जितु कहिल्यै पैसा निकाल्न आएका थिएनन्। कलराका अन्य दुई कानुनी उत्तराधिकारी पनि थिए र उनीहरू पनि पैसा निकाल्न बैंक आएका थिए, त्यसैले बैंकले जितुसँग कानुनी कागजात मागेको थियो। अप्रिल २८ मा अनुसन्धानपछि जितु र कलराका अन्य दुई कानुनी उत्तराधिकारी ( भाइ र बहिनी ) लाई खातामा जम्मा भएको १९,४१० रुपैयाँ हस्तान्तरण गरिएको छ , भने प्रहरीले उनीहरूलाई उक्त रकम आपसमा बराबर बाँड्न सल्लाह दिएको छ।
यद्यपि, एउटा सामान्य नागरिकले मृत्युको प्रमाण दिनका लागि कंकाल नै बोकेर आउनुपर्ने अवस्था सिर्जना हुनुले हाम्रो प्रशासनिक संवेदनशीलता र ग्रामीण क्षेत्रमा व्याप्त बैंकिङ साक्षरताको कमीलाई नराम्रोसँग गिज्याइरहेको छ । अन्ततः प्रहरीको हस्तक्षेपपछि ती अवशेषहरूलाई पुनः सम्मानपूर्वक गाडिएको छ र स्थानीय प्रशासनले जितुलाई कानुनी कागजात बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।