२०८३ बैशाख १६ , बुधवार

चन्द्रपुर सुनचाँदी व्यवसायी संघको आयोजनामा तराजु दर्ता तथा नविकरण कार्यक्रम सम्पन्न

WhatsApp Image 2026-04-29 at 2.16.01 PM

सुनाखरी न्युज/ काठमाडौं ।
चन्द्रपुर सुनचाँदी व्यवसायी संघको आयोजनामा रौतहटको चन्द्रपुरमा तराजु दर्ता तथा नविकरण कार्यक्रम सम्पन्न भएको छ ।

२०८३–०१–१६ गते चन्द्रपुर सुनचाँदी व्यवसायी संघको आयोजनामा गुणस्तर तथा नापतौल कार्यालयको प्राविधिक सहयोगमा एकदिने तराजु दर्ता तथा नविकरण कार्यक्रम सम्पन्न भएको हो ।

 

संघका संरक्षक तथा महासंघ पदाधिकारी सदस्य प्रकाश गहतराज प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । संघका अध्यक्ष प्रल्हाद रामुदामुको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो ।
नापतौल कार्यालयका सहायक निरिक्षक सुसान्त चौधरीको प्राविधिक संयोजनमा प्राविधिकहरु निरज कुमार मिश्र, अमृत लाल चौधरी र सिवास कुमार यादवको टोलीले ढक काँटा जाँच तथा प्रमाणीकरण गरेको जानकारी गराइएको छ ।
संघले समय समयमा यस किमिसको कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।