२०८३ बैशाख १६ , बुधवार

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त मनोनित, हटाइए कृष्ण सिटौला

kamala-panta

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उनलाई  राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् ।

यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।

सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् । उनी विशेष महाधिवेशनको पक्षमा समेत खुलेकी थिइन् ।