
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याउने तयारी गरेपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ ।प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन् ।
प्रमुख विपक्षी दल एवं नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाउनुभएको छ। बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ ।
मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ अध्यादेश पुगेपछि सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको हो ।