२०८३ बैशाख १६ , बुधवार

आइसिसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

686037907_1436010301888679_1831704516060775602_n-1

 

सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।

नेपाल, युएई र ओमानबीचको एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई हराएको थियो ।

यता ओमानले भने पहिलो खेलमा युएईसँग हार बेहोरेको छ । आज पनि सुरुआती लयलाई कायमै राख्दै जित निकल्ने उदेश्यका साथ नेपाल मैदानमा उत्रिएको छ । नेपालको प्लेइङ ११ मा कुश भुर्तेल, आसिफ शेख ( विकेटकिपर ) , भीम सार्की, रोहितकुमार पौडेल  ( कप्तान ) , बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आरिफ शेख, गुलशनकुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् ।