२०८३ बैशाख १५ , मंगलबार

सेयर बजारमा २६ अंकको गिरावट

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से मंगलबार  २६.१६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २७७० अंकमा झरेको छ । अघिल्लो दिन नेप्से ७.७ अंक बढेको थियो ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५३ करोडको भयो ।

बैंक तथा वित्तीय संस्थाहरूको वर्चस्व रहेको सेयर बजारमा ती संस्थाहरूको केही सकारात्मक वित्तीय विवरण सार्वजनिक हुँदा पनि बजारमा प्रभाव देखिएन ।