
सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२-८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने भएको छ ।
गत आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर रहेर अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान छ ।
कार्यालयले चालु आवका ६–८ महिनाका रियल डेटा र बाँकी चार महिनाको अनुमानका आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।