२०८३ बैशाख १४ , सोमवार

कक्षा १२ को परीक्षा आजदेखि शुरु, डेढ महिनाभित्र नतिजा निकाल्ने तयारी

exaM

सुनाखरी न्युज/ काठमाडौं ।

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।

 

परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् ।
आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुन लागेको हो ।

परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न बोर्डले सबै परीक्षार्थीहरुलाई अनुरोध गरेको छ ।