२०८३ बैशाख १३ , आइतवार

मनोहराको सुकुमवासी बस्ती भत्काउन सुरु

Sukumbashi monohara

सुनाखरी न्युज/ काठमाडौं ।

भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् ।

स्थानीयले ढुंगामुढा गरेपछि हिजो  सुरक्षाकर्मी समेत घाइते भएका थिए । हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए ।

 

त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुनस् मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।