२०८३ बैशाख १३ , आइतवार

अमेरिकी वार्ता टोलीको इस्लामावाद भ्रमण स्थगित

trump

सुनाखरी न्युज एपी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा वार्ताका लागि अमेरिकाका प्रतिनिधिहरु नजाने बताएका छन् । उनले फक्स न्युजसँगको टेलिफोन कुराकानीमा यस्तो बताएका हुन् ।

१८ घण्टा लामो उडान गरेर इस्लामावाद जानु व्यर्थ रहेको उनले बताए । आवश्यकता पर्दा इरानीहरुले वार्ताका लागि अमेरिकालाई जुनसुकै बेला पनि बोलाउनसक्ने उनले बताए । ‘मैले आफ्ना मानिस इस्लामावाद जान ठिक्क पर्दा थोरै समयअघिमात्रै नजानु भनेँ । हामीसँग सबै कार्ड भएका बेला १८ घण्टा लामो फ्लाइटमा जानु व्यर्थ छ,’ ट्रम्पले भने ।

शनिबार पश्चिम एसियाका लागि अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाँइ जरेद कुस्नर छलफलका लागि इस्लामावाद जाने कार्यक्रम थियो । इरानसँगको अमेरिकाको युद्ध अन्त्यका लागि इस्लामावादले मध्यस्थता गरिरहेको छ ।