२०८३ बैशाख १२ , शनिवार

राष्ट्रिय मुद्दामा साझा धारणा बनाउने कांग्रेस, एमाले र नेकपाको तयारी

ppp

सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिपक्षमा रहेका कांग्रेस, एमाले र नेकपाले संविधान संशोधन, कानुन निर्माण, संघीयता कार्यान्वयन जस्ता मुद्दामा साझा धारणा बनाउन संवाद सुरु गरेका छन् ।

प्रतिनिधिसभामा कांग्रेस (३७), एमाले (२५) र नेकपाको (१७) गरी ८० सिट छ । तीन दल मिल्दा सरकारलाई बलियो खबरदारी गर्न सक्ने उनीहरूको आंकलन छ । त्यसैले संसद्मा उठाउनुपर्ने साझा विषयमा उनीहरूले संवाद थालेका हुन् । संसद्‍मा प्रतिनिधित्व गर्ने श्रम संस्कृति पार्टी (७) र राष्ट्रिय प्रजातन्त्र पार्टीे (५) ले आफ्नो तरिकाले मुद्दा उठाउँदै आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले संविधान संशोधन प्रक्रिया र विधेयकहरू अघि बढाइरहेकै बेला विपक्षीहरू मिल्न सक्ने विषयमा साझा धारणा बनाउन छलफलमा छन् । संसद्मा रास्वपा करिब दुई तिहाइ नजितक रहेकाले विपक्षीहरू संवैधानिक र कानुनी मुद्दामा मिल्न सक्ने विषयमा छलफलमा लागेका हुन् ।

रास्वपाको बलियो सरकार ‘स्वेच्छाचारी’ हुन सक्ने भन्दै विपक्षीहरूबीच कानुनी शासनको पक्षमा साझा धारणा बन्न सक्ने विपक्षी दलका नेताहरूको भनाइ छ । सरकारले एकल बहुमतको बलमा आवाज दबाउने चेष्टा गरे विपक्षीले एक स्वरमा प्रतिवाद गर्ने नेताहरूको भनाइ छ ।