
सुनाखरी न्युज/ काठमाडौं ।
निजामती कर्मचारीहरूको उमेरहद ६० वर्षको हुने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार गरेको छ ।
मन्त्रालयको टोलीले तयार पारेको मस्यौदा सुझावका लागि सार्वजनिक गर्ने तयारी गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती कर्मचारीहरू ६० वर्षमा अवकाश हुने गरी विधेयकको मस्यौदा तयार पारिएको बताइन् । उनका अनुसार, विधेयक संघीय संसदबाट पारित भएपछि पहिलो वर्ष ५९ वर्ष र अर्को वर्ष ६० वर्ष उमेरहद कायम हुनेगरी प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउनेछ ।
‘हामीले मन्त्रालयका कर्मचारीहरू र विज्ञ टोलीसँग विधेयकका वारेमा लामो छलफल गरेका थियौं, तर यो विचमा चलेको हल्ला र अपवाहका विषयवस्तु विधेयकमा समावेश छैनन्,’ उनले भनिन्, ‘कर्मचारीहरूलाई डिजिटल सेवामुखी बनाउने अनि क्षमता र दक्षताका आधारमा प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिएर विधेयक तयार पारिएको हो ।’
मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा निजामती कर्मचारीहरूको उमेरहद ६० वर्षको हुनेछ, तर त्यो व्यवस्था दुई चरणमा कार्यान्वयन हुनेछ ।
मुख्यसचिव९चौधौं तह०तहको पदावधि दुई वर्षको हुने परिकल्पना छ, अहिले मुख्यसचिवको पदावधि तीन वर्षको थियो । मन्त्रालयले सचिव९तेह्रौं तह०को पदावधि दुई वर्षको हुने प्रस्ताव गरेको छ । तर सरकारले चाहेमा एक वर्ष थपेर अधिकतम तीन वर्षसम्म पदमा बहाल हुने व्यवस्था गर्न सक्नेछ ।