
सुनाखरी न्युज/ काठमाडौँ ।
नेपाली कांग्रेसले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्य सम्पादन समिति बैठकले संसदीय दलको विधान परिमार्जन सहित पारित गर्नेसहितका निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
बैठकले दलको नेता चयन गर्न र सबै प्रक्रिया पूरा गर्दै सहमति खोज्न दुई उपसभापति र दुई महामन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
कांग्रेसले विद्यार्थी सङ्गठन र ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयको विरोध गरेको छ ।
‘विद्यार्थी सङ्गठन र ट्रेड युनियन संविधानले दिएको अधिकार हो। त्यसैले यसलाई सुधारेर लानुको सट्टा खारेज गर्ने निर्णय सरकारले गरेको निर्णयको विरोध गर्ने खारेज गर्न पाइँदैन’, कांग्रेसले भनेको छ । त्यसबाहेक कांग्रेसले सुकुम्वासी समस्या समाधान गर्न वार्ताको माध्यम छाडेर सरकार मुठभेडमा लागेको भन्दै सुकुमबासी व्यवस्थापनको जिम्मा सरकारको दायित्व भएको स्मरण गराएको छ ।