२०८३ बैशाख ११ , शुक्रवार

पुर्व राजा ज्ञानेन्द्र शाह पोखरामा, विमानस्थलमा बाजागाजासहित स्वागत

ggg

सुनाखरी न्युज/ पोखरा ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । समर्थकहरुले उनलाई  विमानस्थलमा भेला भएर स्वागत गरेका छन् ।

शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् ।

 

लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणमा निस्किएका हुन् । उनी पोखरामा नवनिर्मित सोल्टी होटलमा बस्ने छन् ।

ज्ञानेन्द्र शाह पोखरामा कम्तिमा २ हप्ता बस्ने योजनाका साथ आएको सुरक्षा स्रोतले जनाएको छ । पोखरा बसाइँको क्रममा उनले विभिन्न स्थान अवलोकन गर्ने र भेटघाट समेत गर्ने कार्यक्रम छ ।