२०८३ बैशाख १० , बिहिवार

सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी

sahakari

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी तथा जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको छ ।

सूचनामा  ऋण चुक्ता नगरे ऋणी तथा जमानीको सम्पत्ति रोक्कादेखि धितो लिलाम उल्लेख छ । समस्याग्रस्थ सहकारीमा संलग्न सम्पूर्ण ऋणीको हकमा यो नियम लागु गरिने उल्लेख छ ।

सरकारले सहकारी क्षेत्रलाई नेपाल राष्ट्र बैंकको नियमनभित्र ल्याउने तयारी गरेको छ । यस्तै सरकारी मस्यौदामा वास्तविक क्षमताका आधारमा मात्र कर्जा प्रवाह गरिनुका साथै उत्पादनशील, विनाधितो सामूहिक जमानी र स्थानीय सीपमा आधारित उद्यमशील कर्जामा केन्द्रित गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण सहकारी क्षेत्रको ऋण असुली प्रभावित भएको छ ।