
सुनाखरी न्युज/काठमाडौं ।
स्ट्रेट अफ होर्मुजमा फेरि तनाव सिर्जना भएको छ । दुई भारतीय जहाजमा शनिबार गोलीबारी भएका समाचार बाहिरिएका छन् ।
भारतका झन्डावाहक दुई जहाजमाथि गोलीबारी भएपछि दुवै जहाजले आफ्नो बाटो मोड्नुपरेको बीबीसी हिन्दीले लेखेको छ । बीबीसीले समुद्रमा ट्यांकर आवतजावतको रेखदेख गर्नेवाला वेबसाइट ‘ट्यांकरट्र्याकर्स’लाई उध्दृत गर्दै दुई भारतीय जहाजमाथि गोलीबारी भएपछि बाटो मोड्नुपरेको लेखेको छ ।
भारतीय कार्गो जहाज शीप जग अर्नव र तेल ट्यांकर सनमार हेराल्डमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर९आईआरजीसी०ले गोलीबारी गरेर आफ्नो बाटोबाट हट्न आदेश दिएको समाचार छ ।
त्यसपछि दुवै जहाज युटर्न लिएर फर्किएका थिए । तेल ट्यांकर सनमार हेराल्डले इराकबाट तेल भरेर ल्याएको भनिएको छ ।