
सुनाखरी न्युज/ काठमाडौं ।
शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ र चाँदी १२० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो ।त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ ।
अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।