२०८३ बैशाख १० , बिहिवार

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन दर्ता

bharat-1024×500

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस संसदीय दलले आजै  खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा खड्काले मनोनयन दर्ता गराएका छन् ।

आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ ।

 

प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ ।

उता विपक्षी दलहरूले पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका छन् ।