२०८३ बैशाख १० , बिहिवार

सेयर बजारका सबै सूचक घटे, नेप्से २८३३ अंकमा

nepse1678184880

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारका सबै सूचक बिहीबार घटेका छन् । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३३.८३ अंक घटेको छ । सो घटाइसँगै नेप्से २८३३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३.२७ अंक बढेको थियो ।

बिहीबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ५३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.९८ प्रतिशत घट्यो ।

 

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् ।