२०८३ बैशाख १० , बिहिवार

यो बर्ष पनि जिब्रो छेडाए ‘सुजन बाग श्रेष्ठ’ले

Jibro

सुनाखरी न्युज/ काठमाडौँ ।

बिस्का जात्राअन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्।

बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए। प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।

लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको मानिन्छ। जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ।