
सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीका तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको ठहर गर्दै स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
बैठकले यसअघि नै खड्कालाई सचेत गराइसकेको उल्लेख गर्दै पुनः सोही प्रकृतिको गतिविधि दोहोरिएको निष्कर्ष निकालेको छ । समितिका अनुसार खड्काले मिति २०८२ चैत १४ गते र त्यसपछि पुनः चैत ३० गते नक्कली लेटरप्याड प्रयोग गरी आफू पार्टीको जिम्मेवारीमा रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए ।
समितिले यस्तो कार्य पार्टी विधानविपरीत भएको ठहर गर्दै कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) अनुसार ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको जनाएको छ ।