२०८३ बैशाख १० , बिहिवार

सानिमा फ्लेक्सी फण्डको अनलाइन कारोबार आजदेखि खुल्ला

Sanima-Capital–1536×864

 

सुनाखरी न्युज/ काठमाडौं ।

सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सानिमा फ्लेक्सी फण्ड ( खुलामुखी योजना)  का इकाईहरूको अनलाइन कारोबार आजदेखि शुरु हुने भएको छ ।

सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको उक्त खुलामुखी योजनाअन्तर्गत लगानीकर्ताले अब सानिमा क्यापिटलको कार्यालय, कम्पनीको वेबसाइट तथा अनलाइन पोर्टलमार्फत इकाई खरीद तथा बिक्री गर्न सक्नेछन् । साथै सानिमा बैंकका सम्पूर्ण शाखा तथा काउन्टरहरूबाट पनि यो सेवा उपलब्ध हुने जनाइएको छ।

यस योजनामा लगानीकर्तालाई ‘एसआईपी’ ( सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान )  मार्फत समेत लगानी गर्ने सुविधा दिइएको छ। सोअन्तर्गत न्यूनतम १ हजार रुपैयाँबाट नियमित लगानी शुरु गर्न सकिने व्यवस्था गरिएको छ।