
सुनाखरी न्युज/ काठमाडौं ।
हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०. ५ नयाँ सेयर १ः०:५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिद गर्न सक्नेछन् ।
कम्पनीको हकप्रद सेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको वित्तीय अवस्था मूल्याङ्कन गर्दा केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग दिएको छ जसले कम्पनीमा मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्छ।