
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया हुने भएको छ। उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।
अोलीको शल्यक्रिया डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने छ। ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ। यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए ।
पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।