२०८३ बैशाख १० , बिहिवार

चिनले इरानलाई मद्दत गरे ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

trump

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।

ट्रम्पले बेलायत र अन्य केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए ।

 

ट्रम्पले नेटोप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यकताको समयमा सङ्गठन अमेरिकाको साथमा नरहेको बताएका छन्। ट्रम्पले अमेरिकाले नेटोमा भारी खर्च गर्ने तर अपेक्षाअनुसार समर्थन नपाएको बताए। उनले आफू नेटोदेखि निराश रहेको र यस विषयमा गम्भीर समीक्षा गरिने बताए।

यसअघि ट्रम्पले सही समय आएपछि आफ्नो देशले इरानविरुद्ध कारबाही गर्ने बताएका थिए। उनले यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

 

ट्रम्पले आफ्नो सामाजिक सञ्जालको पोस्टमा अमेरिका ‘लक्ड एन्ड लोडेड’ अर्थात् पूर्ण रूपमा तयार रहेको बताएका छन्। सही समय आएपछि अमेरिकी सेनाले इरानमाथि कारबाही गर्न सक्ने उनले संकेत गरेका हुन् ।

यसअघि ट्रम्पले इरानलाई टोल तिर्ने जहाजहरूलाई पनि बाटोमै रोक्ने धम्की दिएका थिए । उता, यरानले भने होर्मुज स्ट्रेट पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै त्यहाँबाट गुज्रिने जहाजहरूले रियालमा टोल तिर्नु अनिवार्य हुने बताएको छ।