२०८३ बैशाख १० , बिहिवार

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको  लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो

Balen Modi

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहलाई  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले १३ चैतमा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत निम्तो दिएको बताएका छन् ।

मोरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँग कुराकानी गर्दैर् मोदीले निमन्त्रणा गरेको र त्यसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको खुलाएका हुन् ।

मोरिससबाट कान्तिपुरसँग कुरा गर्दै खनालले भ्रमणलाई परिणाममुखी बनाउन गृहकार्य भइरहेको समेत बताए ।