२०८३ बैशाख १० , बिहिवार

दुई नयाँ मन्त्री नियुक्त, श्रममा रामजी र उद्योगमा गौरीकुमारी

gaurikumari-yadav-ramji-yadav-1042026102956-1000×0

सुनाखरी न्युज/ काठमाडौ ।

प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा शुक्रबार नयाँ मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरेएपछि खाली रहेको श्रम, रोजागार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी भने गौरीकुमारी यादवलाई दिइएको छ।

रामजी सप्तरी– २ बाट निर्वाचित सांसद हुन भने गौरी महोत्तरी– ४ बाट निर्वाचित भएकी हुन्।

यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले सम्हाल्दै आएका थिए।

राष्ट्रपतिले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेपछि शपथ पनि आजै हुने छ।