
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदमुक्त गरेका छन्। रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।
यससँगै उनको पृष्ठभूमि पनि विवादित देखिएपछि उनलाई हटाइएको हो। साह केवल १३ दिनअघि मात्र मन्त्री नियुक्त भएका थिए। यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता लाई पनि सचेत गराइएको छ।
यसैबीच, गम्भीर विषयमा अपेक्षित संवेदनशीलता नदेखाएको भन्दै रवि लामिछाने ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।