
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। गौरी कुमारी उद्योग महोत्तरी ४ बाट निर्वाचित हुन् भने रामजी सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसद बनेका थिए।
दुवै मन्त्रीको आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। त्यस्तै सुरुदेखी नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवार भने गौरी कुमारी यादवलाई दिइएको छ ।
पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए।