
सुनाखरी न्युज/ काठमाडौं ।
प्रसिद्ध बिस्केट (बिस्कास्) जात्रा आजदेखि सुरु हुँदै छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने र वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्काः जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ ।
तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा सुरु हुने गर्दछ । बिस्कास् जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने गर्दछन् ।