
सुनाखरी न्युज/ काठमाडौं ।
२५ वर्षीय रुवीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बन्ने भएकी छिन् । श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।नेपाली कांग्रेस, नेकपा ( एमाले) र नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) ले प्रतिनिधि सभाको उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।
रास्वपाका डीपी अर्याल एक्ला उम्मेदवार भएकोले उनी निर्विरोध सभामुख निर्वाचित भएका थिए । उपसभामुख निर्वाचित गर्नका लागि चैत २७ गते मतदान हुनेछ ।