
सुनाखरी न्युज/ काठमाडौं ।
कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ ।यससँगै अब उनको मुद्दा अमेरिकाकै अदालतमा चल्न सक्छ किनकि पीडितको दाबीअनुसार घटना अमेरिकामा भएको हो । अमेरिकामा बसेर अध्ययन गरिरहेको छात्रा संगम बिष्टले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा एफआइआर दर्ता गरेकी हुन् ।
न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट ( एनवाइपीडी) मा दुई दिनअघि एफआइआर दर्ता भएको पारिवारिक स्रोतले बतायो । प्रहरीले अनुसन्धान सुरु भएको छ । यो मुद्दामा अमेरिकी प्रहरीले नेपालको प्रहरीसँग समन्वय गर्ने अपेक्षा छ । आरोपी नेपालमा पक्राउ परिसकेकोले अमेरिकी प्रहरीले नेपालको प्रहरीसँग समन्वय गर्ने अपेक्षा छ ।
संगमले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै बले एक वर्षअघि अमेरिका आउँदा उनलाई फ्ल्याट देखाउन लगेको र बलेले आफूलाई फ्ल्याटमै जबरजस्ति करणी गरेको बताएकी थिइन् । संगमले स्टाटस लेखेको भोलिपल्टै नेपाल प्रहरीले बलेलाई पक्राउ गरेर हिरासतमा राखेको छ । तर, प्रहरीमा उनीविरुद्ध जाहेरी भने परेको छैन ।
बलात्कारको जाहेरी नपरेको हुँदा प्रहरीले जिल्ला प्रशासन कार्यलयबाट अभद्र व्यवहारको कसुरमा ५ दिन म्याद थपेको थियो । अभद्र व्यवहारमा सिडीओले बढीमा २५ दिन हिरासतमा राख्न सक्ने कानूनी प्रावधान रहेको छ । संगमको परिवारले कानूनी प्रक्रियाको विषयमा अहिले वकिलहरुसँग सरसल्लाह गरिरहेका छन् ।